मलेसियामा तीन नेपाली खेलाडीले जिते स्वर्ण पदक

सफल खबर संवाददाता

आइतबार, १४ साउन २०८०, १२ : १७
मलेसियामा तीन नेपाली खेलाडीले जिते स्वर्ण पदक

मलेसिया। मलेसियामा रहेका व्यवसाय गरिरहेका युवा हेम प्रसाद भट्ट (सन्तोष)ले फेरि तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।छैटौं गेविन मलेसिया खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२३ मा सन्तोषले स्वर्ण पदक जितेका हुन् । उनले पञ्चतर्फ स्वर्ण जितेका हुन् ।

सन्तोषसंगै नेपालका जैनव खातुनले दुई स्वर्ण जितिन् । उनले पोम्से र जम्प फ्रन्ट किकतर्फ स्वर्ण जितेकी हुन् । यस्तै अफ्ताव आलमले फाइटिङतर्फ स्वर्ण जितेका छन् ।पछिल्लो समय मलेसियामा हुने हरेक प्रतियोगिताहरुमा नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस