जनकपुरधाम । महोत्तरीको सोनमामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको गोडइता नगरपालिका ९ बस्ने महेश मलिक डोमका ४ वर्षीया छोरी चंचला कुमारी र भारत बिहारको सितामढी रामनगरका रामभजन मलिक डोमकी ५ वर्षीया छोरी अर्चना कुमारी छन् ।
मावली गाउँ महोत्तरीको सोनमा गाउँपालिका ५ खैरबनी आएका दुबै बालिकाको शनिबार पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
प्रहरी निरीक्षक मनोज यादवका अनुसार आमाको साथमा मामा गाउँ आएकी अर्चना र चंचला शनिबार दिउँसो १ बजेदेखि ४ बज्जेसम्म सम्पर्कविहीन भएपछि खोजी सुरू गरिएको थियो । खोजतलासको क्रममा घरकै सामुन्ने रहेको रामविनय यादवको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक यादवले बताए ।
दुवै बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ साउन २०८०, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु
मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
कुटपिटबाट एकजनाको मृत्यु, एक घाइते