काठमाडौँ। सत्तारूढ दल नेकपा माओवादी केन्द्रको बैठक आइतबार बस्दैछ।
आज बस्ने बैठकमा केन्द्रीय समितिको एजेन्डा र राजनीतिक र सांगठनिक प्रतिवेदनका विषयमा छलफल हुने एक नेताले जानकारी दिए। यसैगरी, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।
शनिबार बसेकाे पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकका सम्बन्धमा छलफलमा भएकाे थियाे।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा संगठनात्मक र राजनीतिक प्रतिवेदनको तयारीका सम्बन्धमा छलफल भएको थियाे।
माओवादीको केन्द्रीय समिति बैठक यही साउन १७ गतेदेखि राजधानीमा सुरु हुँदैछ। बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश र आयोगका पदाधिकारी गरी करिब सात सयको सङ्ख्यामा सहभागिता रहने माओवादीले जनाएको छ।
केन्द्रीय समिति बैठक अगाडि स्थायी समिति बैठक बस्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ साउन २०८०, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
माओवादीको केन्द्रीय कमिटी बैठक जारी
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)