काठमाडौं । नेकपा एकीकृत समाजवादीले यसअघि तय गरेको पार्टी कमिटीका तीनै तहका बैठक स्थगित गरेको छ। पार्टीले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक बोलाएकोमा स्थगित गरेको हो।
साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ पोलिटब्युरो तथा २० र २१ गते केन्द्रीय कमिटी बैठक बस्ने तय भएकोमा तयारी नपुगेको भन्दै बैठक अनिश्चित कालका लागि स्थगित गरिएको हो ।
प्रचार विभाग प्रमुख समेत रहेका नेता जगन्नाथ खतिवडाले आवश्यक तयारी नपुगेकाले एक साता पछि बस्ने गरी बैठक स्थगित गरिएको जानकारी दिए।
यसअघि साउन पहिलो साता सम्पन्न सचिवालय बैठकले तीनै तहका बैठक बस्ने मिति निर्धारण गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ साउन २०८०, २० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?