काठमाडौं । उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको भ्रष्टाचार विरोधी अभियानले आम जनता र युवाहरुमा अब देशमा केही हुन्छ भन्ने आशा पैदा भएको दाबी गरेका छन् ।
शहीद पार्क जगडोलमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले कसैप्रति कृपा गर्नका लागि सरकारले भ्रष्टाचार,व्यथिती र ठगीविरुद्धको अभियान नरोक्ने प्रष्ट पारे ।
श्रेष्ठले भने–सरकारको यो अभियानले युवाहरुमा अब देशमै केही हुन्छ भन्ने आशा पलाएको छ । कता कता यसले क कसलाई तान्ने हो भनेर विभिन्न त्यान्द्रो जोडिएकाहरुबाट सचेत हुनुपर्छ । सरकारको यो अभियानलाई रोक्न त्यो कृपा कसैप्रति हामी गर्न सक्दैनौं । जुनसुकै पार्टी,घराना,नाता सबन्ध,साथी सँगी होस कसैसँग सरकारलाई मतलब छैन । जो अनुसन्धानको दोषी देखिन्ख्छ कानूनको दायरमा ल्याइनेछ ।
गृहमन्त्री श्रेष्ठले निर्दोषलाई सरकारले नफसाउने दाबी समेत गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ साउन २०८०, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव