हुम्ला । लगातारको वर्षाका कारण गएको पहिरोले गाडघट्ट लघुजलविद्युत्को मुहान बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको छ । सिमकोट गाउँपालिका–८ स्याडामा रहेको गाडघट्ट लघुजलविद्युत्को मुहान र नहरमा लगातारको वर्षाका कारण गएको बाढीपहिरोले क्षति पुर्याएपछि स्याडामा विद्युत् सेवा अवरुद्ध भएको हो ।
गत वर्ष पनि पावर हाउसको भवन सोही खोलाले बगाउँदा लामो समय विद्युत् अवरुद्ध भएको थियो । त्यसपछि सञ्चालन भएको विद्युत् ३ महिना हुन नपाँउदै पुनः अवरुद्ध भएको छ ।
गाडघट्ट खोलामा बाढी आउँदा मुहानसँगै नहरमा क्षति भएकाले स्याडाका २ सय ५० घरधुरी अन्धकारमा बस्न बाध्य भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ११ साउन २०८०, २१ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लामा बाढीपहिरोले भेडी गोठका २६ बाख्रा पुरिए
हुम्लाको श्रीनगरमा वर्षासहितको बाढी, १० भन्दा बढी पसल र घरमा क्षति
हुम्लामा हिमपात
हुम्लामा चैतलो पर्व मनाएर वसन्त ऋतुको स्वागत
सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण
हुम्लाका विद्यार्थी हिउँमै बसेर अध्ययन गर्दै