सुनको मूल्य बढ्यो,कति पुग्यो तोलाको?

सफल खबर संवाददाता

विहीबार, ११ साउन २०८०, ११ : ००
सुनको मूल्य बढ्यो,कति पुग्यो तोलाको?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । नयाँ भाउ अनुसार नेपाली बजारमा सुनको मूल्यमा आज आठ सय रुपैयाँले बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज ८ सय रुपैयाँले बढेको हो ।                                 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १३ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ९५० रुपैयाँ रहेको छ ।                   

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर एक हजार ४९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस