सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

बुधबार, २१ जेठ २०८२, ११ : १८
सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य वृद्धि हुँदै तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य बुधवार तोलामा २ हजार ७४ रुपैयाँ पुगेको छ ।

यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा २ हजार ४५ रुपैयाँ कायम थियो । 

प्रतिक्रिया दिनुहोस