काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल सरकारले निर्धारण गरेको कार्यालय समय पालना गर्न निर्देशन दिएको छ ।
आइतबार मन्त्रालयले सबै विभाग र अस्पताललाई पत्राचार गर्दै स्वास्थ्य सेवा तथा निजामती सेवा तर्फका सम्पूर्ण कर्मचारीहरू सरकारले निर्धारण गरेको कार्यालय समयमा कार्यालयमा उपस्थित रहे नरहेको सम्बन्धमा कार्यालय प्रमुखबाट नियमित रुपमा अनुगमन तथा निरीक्षण गर्न समेत भनेको छ ।
साथै, मन्त्रालयबाट समेत समय समयमा अनुगमन तथा निरीक्षण हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ साउन २०८०, २१ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन