काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आइतबार सार्वजनिक गर्दैछ । सरकारको वित्त नीति (बजेट) सार्वजनिक भएसँगै मौद्रिक नीतिमा केन्द्रित भएको राष्ट्र बैंकले आइतबार बोर्डको बैठक राखेर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।
आइतबार बिहान ८ बजेदेखि बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठक जारी रहेको सूचना अधिकारी नारायणप्रसाद पोखरेलले रातोपाटीलाई जानकारी दिए । ‘बिहानैदेखि जारी बोर्डको बैठक टुंगिएको छैन । बोर्डले पास गर्ने वित्तिकै चालु आर्थिक वर्षको मौद्रिक नीति वेबसाइटमार्फत सार्वजनिक गर्छौ’ पोखरेलले भने ।
तर, राष्ट्र बैंकको आधिकारिक विज्ञप्ति भने दिउँसो ३ बजे मात्र जारी गरिने उनले जानकारी दिए । केन्द्रीय बैंकले आर्थिक वर्षको बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नेगरी अर्थतन्त्रको आन्तरिक र बाह्य क्षेत्रको सुधारलाई सन्तुलित राख्ने गरी मौद्रिक नीतिको तयारी गरिएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ साउन २०८०, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ’: राष्ट्र बैंक
उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ: राष्ट्र बैंक
ऋणीहरूलाई ठूलो राहत दिँदै राष्ट्र बैंकले लागू गर्यो नयाँ व्यवस्था
राष्ट्र बैंकले ६ अर्ब ६० करोड लगानी गर्दै
नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर
राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने