बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता छ : पम्फा भुसाल

सफल खबर संवाददाता

शनिबार, ०६ साउन २०८०, १५ : ३७
बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता छ : पम्फा भुसाल

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता भएको बताएकी छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकीकृत हुनुपर्ने बेलामा कम्युनिष्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा रहेको बताइन् ।

अब फेरि बलियो कम्युनिष्ट पार्टी बनाउने कुराबाट पछि हट्न नहुने उल्लेख गर्दै उनले समाजवादी मोर्चा अहिले बनाइसकेको र आगामी दिनमा मोर्चाको सहकार्यबाट क्रमशः एकतामा पुर्‍याउने र बलियो कम्युनिष्ट पार्टी बनाउने बताइन् ।

अहिले समाजवादी मोर्चामा नआएका भिन्न कम्युनिष्ट पार्टीका छातामा रहेकाहरूलाई पनि एउटैमा ल्याउने प्रयास जारी रहने उनले बताइन् । उपाध्यक्ष भुसालले वैचारिक राजनीतिक बहसले एकीकृत कम्युनिष्ट पार्टी बनाउने भूमिका निभाउने बताइन् । उनले कम्युनिष्टहरु एक ठाउँमा नउभिने भए नयाँ पुँजीवादीहरुको उदय हुने बताइन् ।

 

प्रतिक्रिया दिनुहोस