काठमाडौं । उप प्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ बिरुद्ध पत्रकारहरु आन्दोलनमा उत्रन लागेका छन् ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई ‘साइबर क्राइम’को मुद्धामा फसाउन लागेको भन्दै पत्रकारहरु आन्दोलनमा उत्रन लागेको हो ।
पत्रकार बस्नेत माथी गृहमन्त्री श्रेष्ठका सचिवालय सदस्य कमल गिरीले प्रहरीमा उजुरी गरे पछि अहिले चौतर्फी बिरोध भईरहेको छ । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, समाजबादी प्रेस संगठन प्रेस चौतारी नेपालसहित देशैभरीका जिल्ला शाखाहरुले प्रेस बिज्ञप्ति निकालेर बस्नेत माथी मुद्धा चलाउने गृह मन्त्री श्रेष्ठको सचिवालयका प्रयास ‘प्रेस स्वतन्त्रता बिरोधी’ हर्कत भन्दै बिरोध जनाएका छन् ।
गृह मन्त्रालयको सचिवालयले हालेको उजुरी पछि साइबर ब्युरोबाट फोन आए पछि त्यसलाई अस्विकार गर्ने प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डेले बताएका छन् । ‘हाम्रो संगठन प्रेस चौतारी नेपालका आदरणीय अध्यक्ष गणेश बस्नेतलाई केहीबेर अघि साइबर ब्युरोबाट फोन आएको छ । उहाँलाई साइबर ब्युरोमा उपस्थित हुन भनिएको छ तर गणेश बस्नेत कुनै ब्युरोमा जानुहुन्न र भागेर पनि कहीं जानुहुन्न, बस्नेतले भनेका छन, ‘उहाँसहित हामी ७७ जिल्लाका ७ हजार प्रेस चौतारीका सदस्य गिरफ्तारी दिन तयार छौं । सरकारले हामीलाई गिरफ्तार गरोस् । हामी हाँसीहाँसी जेल जान तयार छौं ।’
उनले अगाडी भनेका छन, ‘याद रहोस्, आफ्नै सरकारले ल्याएको सञ्चार विधेयकविरुद्ध सडकमा जाने प्रेस चौतारी र यसको नेतृत्व गणेश बस्नेत हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ साउन २०८०, ०९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन