काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबिरुद्द उपनिर्वाचनमा लडेका शिवचन्द्र कुशबाह कारबाहीमा परेका छन् ।
उपनिर्वाचनको संघारमा नेकपा माओवादी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेर उम्मेदबार भएका कुश्वाहा अनुशाषनकाे कारबाहीमा परेका हुन् । उनी बारा–२ मा जनमतवाट उम्मेदवार थिए ।
जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशाषन बिभाग प्रमुख दिपककुमार शाहले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार कुश्वाहालाई पार्टी बिरोधी गतिबिधि तथा नेतृत्वको बिरोधमा बिभिन्न क्रियाकलापमा संलग्न भएको भन्दै साधरण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।
यसैगरी, सप्तरीका गुलाब मण्डल र शंकर खड्का, रुपन्देहीको भोपेन्द्र यादव, कपिलवस्तुको भगवान दास यादवलाई भने १ बर्षका लागि निलम्बनमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ साउन २०८०, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पहिचानमा आधारित संघीयता समावेशी र सशक्त राष्ट्र निर्माणको आधार हो’: उपेन्द्र यादव
उपेन्द्र यादव र मलेसियन राजदूतबिच नेपाली श्रमिकको समस्याबारे छलफल
कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव
होली पर्वले पहाड र मधेसलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्छ : अध्यक्ष यादव
नेपाल–भारत सम्बन्धको स्थान अरू कसैले लिन सक्दैन : उपेन्द्र यादव
उपेन्द्र यादवको चेतावनी : भूमि अध्यादेश फिर्ता नभए जनआन्दोलनको बाटो पक्रन्छौँ