गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनालाई हर हालतमा अघि बढाउने बताएका छन् । आज गोरखाकाे सिउरेनिटारमा आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आयोजना हरहालतमा अघि बढाउने बाचा गरेका हुन् ।
उनले निर्वाचनका बेला आयोजना अघि बढाउन गरेको बाचाकाे समेत स्मरण गरे । यसको काम सेलाउने चिन्ता सबैतिर देखिएको सुनाउँदै उनले अब हरहालतमा आयोजना नरोकिने बताए ।
यसका लागि हिजो सबै मन्त्रीहरूसँग बैठक गरेको र अब आयोजनाको विकास नरोकिने प्रधानमन्त्रीको भनाइ थियो । ‘निर्माण प्रक्रियामा सहभागी हुन म आफैँ आउँछु,’ उनले भने, ‘अब छिट्टै त्यो दिन आउँछ।’
प्रधानमन्त्री प्रचण्डले बुढीगण्डकी विकास प्राधिकरण बनाउने विषयमा आफ्नो विमति नरहेको बताए । तर प्राधिकरण बनाएपछि आउने अवस्थाको बारेमा सोच्नुपर्ने दाहालको भनाई छ । प्राधिकरण बनाउँदा थप ४ वर्ष घर्किने भएकाले कम्पनीमार्फत नै अघि बढ्ने निर्णय गरेको उनको भनाई छ ।
‘यो आयोजना त्यति सहज र नाफामूलक होइन । तर बहुउद्देश्यीय र व्यावसायिक सम्भावनाको आयोजना भएकोले निर्माण अघि बढाउन सकिन्छ,’ दाहालले भने, ‘यो आयोजनाले देशको आर्थिक प्रगतिमा महत्त्वपूर्ण भूमिका खेल्छ ।’
आफ्नो नेतृत्वको सरकारको मुख्य लक्ष्य नै देशभित्रै बिजुलीको खपत गर्ने योजना रहेको प्रचण्डको भनाई छ । फिल्ड कार्यलयको स्थापना गरेपछि आयोजनाको काम तिव्र गतिमा अघि बढ्ने बताउँदै उनले भने, ‘यो देशको सबैभन्दा धेरै बिजुली उत्पादन गर्ने आयोजना हो । यस्तै, रोजगारी, पर्यटन, माछापालन लगायतका अनगिन्ती सम्भावना बुढीगण्डकीले बोकेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ साउन २०८०, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड