एजेन्सी । अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुन बीच भेटवार्ता भएको छ ।
भारतको गुजरात राज्यको गान्धीनगरमा भइरहेको जी २० अर्थमन्त्री स्तरीय बैठकको क्रममा अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री लिउ बीच भेटवार्ता भएको हो । द्विपक्षीय वार्तामा दुई देशबीच ऐतिहासिक र सहयोगात्मक सम्बन्ध रहेको कुरा दुवै मन्त्रीहरूले व्यक्त गरेका छन् ।
एक अर्काको चासो र सरोकार प्रति दुवै पक्ष सम्वेदनशील रहेको वारेमा पनि दुवै मन्त्रीको समान धारणा रह्यो । मन्त्री महतले चीनले नेपालमा गरेको विकास सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन । सन् २०१९ मा चीनका राष्ट्रपतिले गर्नु भएको नेपालको भ्रमणकाक्रममा उहाँले नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकोमा कोभिड ( १९ को कारणले समयमा अगाडी बढ्न नसकेकोमा अब चाँडै अगाडी बढ्ने विस्वाससमेत व्यक्त गरेका छन् ।
उक्त भेटका अवसरमा मन्त्री महतले नेपाल र चीन बीचका महत्वपूर्ण सीमा नाकाहरूबाट दुई देश जोड्ने सडक परियोजनाहरु सहयोगको महत्वपूर्ण क्षेत्र हुन सक्ने र दुवै देशका सम्बन्धित निकायहरूले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विस्वास व्यक्त गरे । सुरुङ मार्गको प्रसङ्गमा टोखा (छहरे सुरुङ मार्ग चाँडो कार्यान्वयनमा आउने आशा व्यक्त गरे ।
चिनियाँ अर्थमन्त्रीले नेपालको विकासमा सहयोगी हुन चाहेको र सहयोगका परियोजनाहरू चाँडै कार्यान्वयनमा आउने विस्वाससमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ साउन २०८०, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्रीले गरे निजी क्षेत्रसँग भेटवार्ता
अर्थमन्त्रीको पदभारमा पुगेका शालिकरामले जंगिदै भने- पहिला सचिव फेर्नुस्
अर्थमन्त्री रामेश्वर खनाल पहिलो वरीयतामा
अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता
यथार्थपरक बजेट कार्यान्वयनमा जुट्न मन्त्री र अधिकारीलाई अर्थमन्त्रीको निर्देशन
निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्किन्छ: अर्थमन्त्री