काठमाडौं । केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाएका छन्।
भोलि सोमबार दिउँसो २ बजे आफ्नो निवासमा देउवाले छलफलका लागि बैठक बोलाएका हुन्।
देउवाले भोलि पदाधिकारीसँग छलफल गरेपछि पर्सी बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पुन: छलफल गर्ने छन्।
गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको छ। भोलिको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ असार २०८०, १९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको विशेष महाधिवेशन : आज बिहान १० बजेदेखि बन्दसत्र
विशेष महाधिवेशनबारे काँग्रेस संस्थापन पक्षले भन्यो : ‘पार्टी फुट्नु हुन्न
१८ सय ३० पुग्यो काँग्रेसको दोस्रो विशेष महाधिवेशनमा नाम दर्ता गर्ने प्रतिनिधिको संख्या
कांग्रेस विशेष महाधिवेशन : यी ६ स्थानबाट जुलुस निकालिँदै
नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार