काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । कैलालीकाे गोदावरी नगरपालिका-४ गोदावरीबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ६० मिलीग्रामसहित कञ्चनपुर बेलडाँडी गाउँपालिका-४ बैबाह बस्ने २० वर्षीया कबिता बस्नेत समेत तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अत्तरीयाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीकै धनगढी उपमहानगरपालिका-२ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन १० ग्रामसहित सोही उपमहानगरपालिका-२ बैयाबेहडी बस्ने बैतडी मेलौली नगरपालिका-२ घर भएका २२ वर्षीय मनोज चन्दलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । साथै डडेल्धुरा अमरगढी नगरपालिका-५ बस्ने २४ वर्षीय आकाश भट्टलाई नियन्त्रित लागूऔषध स्पास १६ क्याप्सुलसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागुऔषध ब्राउन सुगर २ ग्राम ३ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-४ बस्ने २८ वर्षीय रबि चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।
झापाकाे शिबसताक्षी नगरपालिका-५ स्थितबाट अवैध लागुऔषध गाँजा करिब १ केजी ३ सय ९६ ग्रामसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-४ बस्ने ३० वर्षीय दिपक राई, २० वर्षीय जितेन ताजपुरिया र सोही नगरपालिका-५ बस्ने लजमुना खातुन रहेका छन् । ईलाका प्रहरी कार्यालय शिबगंजबाट खटिएको प्रहरीले थोरै गाँजासहित दिपक र जितेनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त गाँजा लजमुना खातुनबाट किनेर ल्याएको खुल्न आएपश्चात उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजासहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
झापाकै दमक नगरपालिका-३ स्थित बेल्डागी भुटानी शिविर सेक्टर बी ३ छाप्रा नम्बर २८७ मा बस्ने पाँचथर घर भएका २४ वर्षीय राजु राईलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । राजुले लागुऔषध बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले छाप्रो तलासी गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित गोरखा आबुखैरहनी गाउँपालिका-३ बस्ने ३७ वर्षीय दुर्गा दर्जीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरीले बा.प्र०३-००१ च १६८८ नम्बरको गाडीलाई सोही उपमहानगरपालिका-४ कर्रामा जाँच गर्दा उक्त परिमाणको गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
पर्साकाे वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही हरिवन नगरपालिका-१० बस्ने २८ वर्षीय सगुन थापा र सोही नगरपालिका-९ बस्ने २९ वर्षीय उज्वल जंग थापा रहेका छन्। प्रहरी चौकी ईनार्वा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-०२७ प ७३६७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ असार २०८०, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ
सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
श्रीमतीको हत्यापछि भागेका व्यक्ति पक्राउ
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ