काठमाडौ । सुर्खेतको काँक्रेविहार वनमा संरक्षित गरेका जरायो मारेको आरोपमा चार जना पक्राउलाई प्रहरीले पक्राउ गरेको छ ।
नयाँगाउँ क्षेत्रबाट जरायो मारेर मासु भागबन्डा गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
बुधवार बिहान ३ बजे जरायो मारेर भाग लगाइरहेको गोप्य सूचनाका आधारमा घटनास्थलबाटै चार जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–१० का ५२ वर्षीय डम्मरबहादुर थारु, उनका छोरा अन्दाजी २१ वर्षीया सुशील चौधरी, २८ वर्षीय आशाराम चौधरी र वीरेन्द्रनगर–११ का ४१ वर्षीय मीनबहादुर वली रहेको जील्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए ।
उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारवाही हुने जिल्ला वन कार्यालय सुर्खेतले जनाएको छ । अन्यको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ असार २०८०, २० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा, सुनसरी र इलामबाट लागुऔषधसहित १७ जना पक्राउ
नागढुंगाबाट ४५ लाखको सुनसहित भारतीय नागरिक पक्राउ
पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी पक्राउ
अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
सुनका गहना ठगेर फरार भएको आरोपमा दुई जना पक्राउ
रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ