काठमाडौँ । भारतमा नेपालको जस्तै स्वरूपको पशुपतिनाथ मन्दिर बनाउन लागिएको छ । भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतको पुर्ख्यौली गाउँ उत्तराखण्डको सैणमा सो मन्दिर निर्माण हुने भएको हो । यसका लागि नेपालका पशुपति विकास कोषले शालिग्रामबाट बनेको शिवलिङ्ग उपहार दिने भएको छ ।
सैन गाउँलाई गोद (सम्पूर्ण कुराको जिम्मेवारी लिएको) लिएको एक संस्थाका प्रमुख निवरुत्ती यादव नेपाल आएर पशुपति क्षेत्र विकास कोषका संरक्षक समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर उत्तराखण्डको सैन गाउँमा पशुपतिनाथको मन्दिर निर्माण गर्न लागेको बारेमा जानकारी गराएको स्रोतले जनाएको छ ।
उनले अघिल्लो साता कोषका अधिकारसँग पनि यस विषयमा छलफल गरेको बताइएको छ । पशुपति मन्दिरका लागि नेपालले नन्दीको मूर्ति, त्रिशूल र एक घण्टीसमेत उपहार दिएको प्रमुख यादवले बताइन् । सो मन्दिरको निर्माण महाराष्ट्रमा सञ्चालित गैर सरकारी सङ्गठन हरिवंश राय बच्चन प्रबोधन प्रतिष्ठानले गर्न लागेको हो । उत्तराखण्डको सैन गाउँमा बन्ने सो मन्दिर नेपालको पशुपति मन्दिर जस्तै हुनेछ । तर मन्दिरको आकार भने सानो हुने प्रमुख यादवले बताइन् ।
तर, यस विषयमा जानकारी लिन पशुपति विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडासँग बुझ्दा उनले आफूलाई यस विषयमा जानकारी नरहेको बताए । कोषका सदस्य सचिव डा.मिलनकुमार थापासँग सम्पर्क गर्न खोज्दा मोबाइल अफ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असार २०८०, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’