काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान मिच्न राष्ट्रपति नै उत्ताउलिएर अगाडि बढेको आरोप लगाएका छन् । शुक्रबार किर्तिपुरमा स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार र राष्ट्रपति दुवै संविधान मिच्न लागि परेको बताएका हुन् ।
‘सम्माननीय राष्ट्रपति ज्यू संविधान मिच्न आफै उत्ताउलिएर अगाडि बढ्नुभयो । उहाँले सत्ताको पक्ष लिनुभयो त्यो दुखद कुरा हो’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ । अध्यक्ष ओलीले सरकार लगातार संविधान मिच्न लागिपरेको पनि बताए ।
‘अहिले पनि तपाईँहरूले देख्नुभएको छ । संविधान लगातार मिच्ने । कसैको बहुमत छैन, यी बहुमत नभएका पार्टीहरू सातआठ वटा एकठाउँ मिलेर, स्वार्थ बाँडेर, देशका हितहरुलाई चकनाचुर पारेर, बर्थडेको केक काटेझै राष्ट्रका हितहरु काटकुट पारेर, बाँडेर सत्ता बनाउने र टिकाउने घिनलाग्दो खेल खेलिरहेका छन्’, अध्यक्ष ओलीको भनाइ छ ।
उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा आक्रोश पोखे । ‘राष्ट्रपतिबाट संविधानविपरित पोहोर नै मरिसकेको त्यो।। राष्ट्रपतिले समयमै हस्ताक्षर नगरेपछि पोहोरै सिद्दिसकेको थियो त्यो, ‘त्यसलाई विधिबाट अगाडि बढाउनुपर्दथ्यो, त्यो गर्न सकिन्थ्यो त्यसमा हामीले भनेका पनि हौ । तर सत्ताउन्माद । गठबजोड, भागबण्डा स्वार्थको । संविधान नमान्ने बलमिच्याई गरेर अस्तित्वमा नरहेको ऐन अहिले प्रमाणीकरण गरिदिनुपर्यो ।’ सरकार उन्माद, अहंकार र धम्कीको भाषामा लतार्न चाहेको ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले कोशी प्रदेशमा सरकार गठन गर्न सभामुखको समेत हस्ताक्षर प्रयोग गरिएकोमा आपत्ति जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असार २०८०, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीभित्रै एक्लिदै ओली !
भीम रावलले सोधे केपी ओलीलाई पत्रकार सम्मेलनबाटै स्पष्टीकरण
प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण भएपछि केही दिन आराम गर्न चिकित्सकको सुझाव
केपी ओलीको शपथ ग्रहणमा गएनन् माधव नेपाल
केपी ओली प्रधानमन्त्रीमा नियुक्त
राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ : केपी ओली