गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इन्टरनेट र फोन महशुल घटाएर सहज रुपमा स्तरीय सेवा दिन सेवा प्रदायकहरुलाई सुझाब दिएका छन् । शुक्रवार पोखरामा आयोजित गण्डकी प्रदेशमा दुरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर विषयमा सेवा प्रदायक र सरोकारवालासँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
‘दुरसञ्चारको सेवाले विश्वनै साँघुरिएको छ, मानिसहरुलाई हातहातमा छिटो सेवा चाहिएको छ’ उनले भने ‘अहिले भएको भन्दा सस्तो र स्तरीय सेवा दिने गरी सेवाप्रदायकले काम गर्नुपर्छ ।’ अहिले पनि दुर्गम हिमाली र उच्च पहाडी भेगमा दुरसञ्चार सेवा प्रभावकारी नभएको बताउँदै उनले सेवा बिस्तारमा ध्यान दिन अनुरोध गरे ।
‘सेवाप्रदायक संस्था नाफामुखी भए भन्ने आरोप पनि छ’ मुख्यमन्त्री पाण्डेले भने ‘नाफा थोरै गरेर सेवामा सहुलियत दिऔँ ।’ संचार सेवा ब्यक्तिको स्वतन्त्रतासँग पनि जोडिएको बताउँदै उनले अहिले स्वतन्त्रताको नाममा प्रविधि दुरुपयोगको घटनापनि बढेको बताए ।
गण्डकी प्रदेश भित्र संचार सेवामा देखिएका समस्या, समाधानका उपाए, अझै स्तरीय सेवा सुविधा दिन प्रदेश सरकारले खेल्नुपर्ने भुमिका, गर्नुपर्ने काम, प्राधिकरणको योजना लगायतका बारेमा छलफलबाट समाधान निकाल्न मुख्यमन्त्री पाण्डेले अनुरोध गरे ।
नेपाल दुर सञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम प्रसाद खनालले अन्तरक्रियापछि सेवा बिस्तार र गुणस्तर कायम गर्नमा मद्धत पुग्ने बताए । उक्त कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्णचन्द्र देवकोटा, स्थानीय तहका जनप्रतिनिधि, सेवा प्रदायक संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असार २०८०, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
गण्डकीका मुख्यमन्त्री र अमेरिकी उपविदेश मन्त्रीबीच भेट
नागरिकसामु देख्न सक्ने र छुन सक्ने अवस्थामा उभिएका छौं : मुख्यमन्त्री पाण्डे
दोस्रो पञ्चवर्षिय योजनामा कार्यान्वयन हुने योजना मात्रै समेटिनेछ : मुख्यमन्त्री पाण्डे
मुख्यमन्त्री पाण्डे र यूएनडीपीका आवासीय प्रतिनिधिबीच कागबेनीको पुन निर्माणका विषयमा छलफल
आत्महत्या रोक्ने मुख्य उपाय सचेतना हो : मुख्यमन्त्री पाण्डे