श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग अध्यक्ष नेपालको भेट

सफल खबर संवाददाता

विहीबार, २१ असार २०८०, ०८ : ००

काठमाडौ । श्रीलंका भ्रमणमा रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन्।

श्रीलंकाका राष्ट्रपति रणिल विक्रमसिंघेको निवासमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धका विभिन्न पक्षमा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।

यस्तै अध्यक्ष नेपालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवद्र्धनेसँग पनि आज साँझ भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवासमा भएको भेटमा दुई देशको भाइचारा सम्बन्ध, एशियाका मुलुकमा विकसित घटनाक्रमबारे वार्ता भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।

भेटमा नेपाल र श्रीलङ्काबीच पुरानो मित्रता रहेको बताउँदै दुवै देशले एकअर्कालाई आवश्यक सरसहयोग गर्न सकिने विषयमा पनि छलफल भएको बताइएको छ।

अध्यक्ष नेपाल श्रीलङ्कन कम्युनिष्ट पार्टीको ८०औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एशियाका कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन सोमबार श्रीलङ्का प्रस्थान गरेका थिए।

प्रतिक्रिया दिनुहोस