काठमाडौँ । कक्षा १० को नतिजा पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष अनुसार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। बोर्डले यस पटकका लागि पुरानो निर्देशिकाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक विष्णु नारायण श्रेष्ठले जानकारी दिए।
बोर्डले २०७९ को कक्षा १० को नतिजा शुक्रबारभित्रमा सार्वजनिक गर्ने तयारी गरेको छ। 'परीक्षा सार्वजनिक गर्ने अन्तिम तयारीमा छौ। शुक्रबारभित्रमा सार्वजनिक गर्छौ, श्रेष्ठले भने। '
लेटर ग्रेडिङ अनुसार सबै विषयमा ३५ प्रतिशत नतिजा नआउने विद्यार्थीको नन ग्रेडेड हुने भन्ने छ। तर, बोर्डले यो वर्ष उक्त निर्णय कार्यान्वयन नगर्ने भएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असार २०८०, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण
एसईई ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक
एसईईको मौका परीक्षा २९ साउनदेखि
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : बोर्ड अध्यक्ष शर्मा
एसईई नतिजा प्रकाशनको तयारीमा बोर्ड, बोलाइयो बैठक
एसईईमा समावेश हुनका लागि रजिस्ट्रेसन फाराम भर्ने म्याद पुनः थप