चितवन । असार १५ मनाउन चितवन आएका नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोपेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट ओलीले धान रोप्ने क्रमको सुरुवात गरेका हुन् । धान रोपाइँका लागि ओली बिहीबार दिउँसो नै चितवन आएका थिए । भरतपुर महानगरपालिका वडा नं २४ मा रहेको केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीको ३ विघा जग्गामा धान रोपाइँ भएको छ । बोरिङ्गबाट तानिएको पानीले खेत हिलो बनाइएको थियो ।
ओलीले मेसिनबाट धान रोपेपछि केहीबेर किसानहरूसँग अन्तर्क्रिया पनि गरेका छन् । चितवन कृषिको व्यवसायीकरण र आधुनिकरण भएको ठाउँ भएको र देशब्यापी सन्देश पनि जाने भएकाले चितवन रोजिएको एमाले निकट अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ असार २०८०, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसलाई किन उक्साउँदै छन् ओली ? यस्ता छन् तीन कारण
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली