काठमाडौं । राप्रपा नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापाले समलिंगी विवाहका विषयमा सर्वोच्च अदालतको पछिल्लो आदेशको आलोचना गरेका छन् । समलिंगी विवाहलाई वैधानिकता दिँदा सामाजिक विकृति सिर्जना हुने उनको टिप्पणी छ ।
सर्वोच्च अदालतले हिजो समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । समलिंगी विवाह दर्ता गर्न नेपालको कानून बाधक रहेको भन्दै ब्लु डायमण्ड सोसाइटीको तर्फबाट पिंकी गुरुङसहित ७ जनाले दिएको निवेदनमा सर्वोच्चले सो आदेश गरेको हो । यस सम्बन्धमा सर्वोच्चले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ दिन भनेको छ ।
राप्रपा नेपालका अध्यक्ष थापाले सर्वोच्च अदालतको सो आदेशलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘समलिंगी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कारविपरीत छ । विवाह महिला र पुरुषबीचको पवित्र सम्वन्ध हो । समलिंगी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला र सामाजिक विकृति सिर्जना गर्छ । सर्वोच्चले दिएको आदेश त्रुटिपूर्ण छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असार २०८०, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजावादीका लागि अनुकूल समय आयो : कमल थापा
जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं : कमल थापा
हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट बढ्ने छ: कमल थापा
व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गरे देशमा आगो बल्छ: कमल थापा
तोडफोड र आगजनी निन्दनीय : कमल थापा
कमल थापाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक