काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्नका लागि मत विभाजन माग गरेको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभामुख देवराज घिमिरेले हुन्छ वा हुँदैन भनी ध्वनी मतका लागि प्रस्ताव गरेका थिए । सभामुखले हुन्छ भन्ने पक्षमा बहुमत देखा परेको उल्लेख गर्दै बजेट पारित भएको घोषणा गरेका थिए ।
तर, एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बजेट पारित गर्न हुन्न भन्ने पक्षमा बहुमत रहेको दाबी रग्दै मत विभाजन माग गरे । मत विभाजन माग भएपछि सभामुख घिमिरेले सोही अनुसार प्रक्रिया अगाडि बढाएका छन् ।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम २९ मा मत विभाजन सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘ ‘सभामुखको घोषणाप्रति कम्तीमा अट्ठाइस जना सदस्यले आ–आफ्नो स्थानमा उभिई असहमति प्रकट गरेमा सभामुखले “हुन्छ”, “हुन्न” र “मत दिन्न” भन्ने सदस्यलाई देहाय बमोजिमको कुनै तरिकाले विभाजन गरी मत संकलन गर्नेछ ।’
अब “हुन्छ”, “हुन्न” र “मत दिन्न” भन्ने सदस्यलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष ९लवि० मा प्रवेश गराई वर्णानुक्रमानुसारको नामावलीमा दस्तखत गराएर विनियोजन विधेयकका विषयमा सदनमा निर्णय लिनेछ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा विनियोजन विधेयक पास हुनका निम्ति बहुमत आवश्यक पर्दछ । प्रतिनिधिसभामा सत्तारुढ दलहरु नेपाली कांग्रेसका ८८, नेकपा माओवादीको ३२, जनता समाजवादी पार्टी ९जसपा०को १२, नेकपा एकीकृत समाजवादीको १०, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको ४ र नागरिक उन्मुक्ति पार्टीको ३ सदस्य छन् ।
प्रतिपक्षीतर्फ नेकपा एमालेको ७८, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को २१, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को १४ सांसद छन् । नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका साना दलहरुको एकरएक सिट छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८०, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
काठमाडौँ महानगरको बजेट आइतबार ल्याइने
सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित