बुधबार सेयर बजारमा ३५.३७ अंकको गिरावट आएको हो । सबै क्षेत्रका कम्पनीका सेयर बेचेर नाफा बुक गरेका लगानीकर्ताहरुले जीवनबीमा कम्पनीको सेयर भने किनेको देखिएको छ । यो क्षेत्रको उपसूचक २ दशकलव ५ प्रतिशतले वृद्धि भयो ।
बुधबार नेप्सेमा १ लशमव ६२ प्रतिशतको गिरावट आएको थियो । बुधबार बजार २१५०.९९ विन्दुमा आएर रोकिएको छ । बुधबार २८० धितोपत्रको ८२ हजार ३५९ वटा कारोबारबाट १ करोड ३३ लाख ४२ हजार ९९६ कित्ता सेयर किनबेच भएको छ ।
बुधबार परिसूचक घटे पनि कारोबार रकम भने वृद्धि भएर ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँ पुगेको छ । मंगलबार ५ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको थियो ।
बुधबार सबैभन्दा धेरै ‘अन्य’ समूह, वित्त तथा लघुवित्त उपसूचकका लगानीकर्ताले गुमाए । विगतका दिनमा यी उपसूचकमा लगातार वृद्धि भइरहेको थियो । बुधबार लगानीकर्ताले नाफा बुक गर्दा बजारमा गिरावट आएको देखिन्छ ।
बुधबार घटेको बजारमा पनि हिमालयन लाइफ इन्स्योरेन्स, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, सिटी होटलको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । कारोबार रकममा हिसाबले पनि यो कम्पनीको सबैभन्दा धेरै ८३ करोड ७० लाखको कारोबार भएको छ ।
त्यस्तै, इङ्वा हाइड्रोपावर, खप्तड लघुवित्त, तारागाउँ रिजेन्सी, मकर जितुमाया सुरी हाइड्रो, ग्लोबल आईएमई लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । बुधबार हिमालयन लाइफ इन्स्यारेन्सपछि शिवम सिमेन्ट, सोल्टी होटेलसहितका धितोपत्रको धेरै कारोबार भएको छ । शिवम् सिमेन्ट्सको २८ करोडको कारोबार भयो भने सोल्टी होटलको साढे २३ करोडको कारोबार भएको छ । त्यस्तै एसियन लाइफ इन्स्योरेन्स कम्पनी र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स पनि धेरै कारोबार हुने कम्पनीमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८०, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२६०० अंकमा पुग्यो सेयर बजार
घट्यो सेयर बजार
६२ अंकले बढ्यो सेयर बजार
सामान्य अंकले बढ्यो सेयर बजार
१६ अंकले बढ्यो सेयर बजार
१८.४० अंक घट्यो सेयर बजार