काठमाडौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ ७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलवार राति चीनको सिचुवान प्रान्तको भ्रमणमा प्रस्थान गरेका छन् ।
मंगलवारदेखि ५ दिनसम्मको भ्रमणका लागि राति ११ः२० बजेको उडानमार्फत उनी चीन गएका हुन् ।
प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ लगायतको सहभागिता छ ।
उनी बुधवार ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को स्वागत भोजमा सरिक हुने उनको सचिवालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठले बिहीवार ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्नेछन् भने दिउँदो छेन्दूको योजना प्रदर्शनी हल र अन्तर्राष्ट्रिय मित्र शहर सिचुवानको भ्रमण एवं प्रदर्शनी अवलोकन गर्नेछन् । सोही दिन साँझ उनी चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रिभोजमा सरिक हुनेछन् ।
उपप्रधानमन्त्री श्रेष्ठले शुक्रवार सिचुवान विश्वविद्यालयका नेतृत्वसँग भेटघाट गर्नेछन् भने त्यहाँ अध्ययनरत चाइनिज, नेपाली र अन्य विदेशी विद्यार्थीहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले विश्वविद्यालयको ‘हाइड्रोलिक्स’ र ‘माउन्ट रिभर इन्जिनियरिङ’ प्रयोगशालाको अवलोकन गर्नेछन् । दिउँसो सिचुवान एयरलाइन्स र प्रान्तीय लगानी समूहका अधिकारीहरूलाई भेट्नेछन् ।
शनिवार बिहान उनले भूकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित ‘हाइड्रो जक्सन’को अवलोकन भ्रमण गर्नेछन् । त्यसदिन दिउँसो दुजियाङ्गानस्थित चीनकै पुरानो सिँचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन भ्रमण गर्नुहुने कार्यक्रम तय भएको छ । शनिवार नै छेन्दु फर्किएर आइतवार बिहानको उडानमार्फत उनी स्वदेश फर्कनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८०, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्मा जवाफ दिँदै गृहमन्त्री
विपद् उद्दार कार्यमा सशस्त्र प्रहरीप्रतिको भरोसा बढ्दो छ : गृहमन्त्री लेखक
भाजपा विदेश विभाग प्रमुख चौथाइवाले काठमाडौंमा, गृहमन्त्रीसँग भेटवार्ता
प्रकृति नियमले चल्छ तर हामी नियतले चल्न खोज्यौं भने क्षति धेरै हुन्छ : गृहमन्त्री लेखक
सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक
कांग्रेस–एमालेबीच सत्ता साझेदारीमा समस्या छैन : गृहमन्त्री लेखक