ग्लोबल रिचको अष्ट्रेलियन युनिर्भसिटि एजुकेशन फेयर सम्पन्न

सुरेन कुँवर

शुक्रबार, १८ साउन २०७५, १६ : ३२
ग्लोबल रिचको अष्ट्रेलियन युनिर्भसिटि एजुकेशन फेयर सम्पन्न

चितवन । ग्लोबल रिच ऐजुकेशन कन्सल्टेन्सीले चितवनको भरतपुरमा एक दिने अष्ट्रेलियन शैक्षिक सेमिनार आयोजना गरेको छ  ।

अष्ट्रेलिया उच्च शिक्षाका लागि जान चहाने विद्यार्थीहरुका लागि सहज वतावरण बनाउने उदेश्यले भरतपुर गार्डेन रिसोर्टमा सेमिनार आयोजना गरेको हो । शहिदचोकमा रहेको ग्लोवल रिचले नेपाली विद्यार्थीहरुलाई सही परामर्श दिएर अष्ट्रेलिया पठाउने गरेको छ ।

सेमिनारमा अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिको प्रत्यक्ष परार्मश रहेको थियो । ग्लोबल रिच चितवनका शाखा प्रमुख सुरेश पौडेलले एकै पटकमा १७ बढि अष्ट्रेलियन युनिभरसिटिको प्रत्यक्ष उपस्थितीमा सेमिनार भएकाले विद्यार्थीहरुलाई परामर्शमा लभदायिक भएको बताउनुभयो ।

अष्ट्रेलियन युनिभरसिटी फेयरमा छात्रवृत्ति, भर्ना प्रक्रिया, अष्ट्रेलियाको शिक्षा, त्यहाँ अध्ययन गर्दा पाउने अवसरको बारेमा जानकारी दिइएको जानकारी दिनुभयो । सेमिनारमा विद्यार्थीहरुलाई अष्ट्रेलियन प्रोसेस गर्दा आवश्यक बैकिङ परामर्शका लागि एसबिआई बैक, नबिल बैँक, सानिमा बैँक, लक्ष्मी बैँक र सिद्धार्थ बैँकले सहजिकरण गरेका थिए । कार्यक्रममा चितवन, नवलपरासी र मकवानपुरका विद्यार्थीहरुको सहभागिता रहेको थियो  ।

 

प्रतिक्रिया दिनुहोस