बागलुङ । बागलुङको काठेखोला गाउँपालिका ३ धम्जा देउरालीमा जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना भने घाइते भएका छन् ।मृत्यु हुनेमा जिपमा सवार सोही ठाउँका १९ वर्षीय विजय विक रहेका छन् । घाइते भएका जिपमै सवार अन्य दुईजनाकाे धौलागिरी अस्पतालमा उपचार भएकाे छ ।
बागलुङको सदरमुकामबाट ओखलेतर्फ जाँदै गरेको ग १ ज ७१ ९० नम्बरको बोलेरो जिप सडकबाट करिब २५ मिटर तल खसेको थियो । दुर्घटनालगतै चालक भएका फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असार २०८०, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडीमा जिप दुर्घटना: ३ जनाको मृत्यु, ६ जना घाइते
ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु
बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
हुम्ला जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट लगियो सुर्खेत
हुम्लाको चंखेलीमा जिप दुर्घटना
जिप दुर्घटनामा एकको मृत्यु, तीन घाइते