काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल को केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ । आइतबारदेखि हुन लागेको पार्टीको विधान अधिवेशनको पूर्वसन्ध्या पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको हो ।
आइतबारदेखि काठमाडौँको कमलादीमा सुरु हुने विधान अधिवेशन तीन दिनसम्म चल्नेछ । पार्टीले पहिलोपटक आयोजना गर्न लागेको अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गर्नेछन् ।
भोलिदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने मस्यौदा विधानलाई आजको बैठकले अनुमोदन गर्नेछ । बैठकले केन्द्रीय समितिबाट मस्यौदा विधान पारित गरे पछि विधान अधिवेशनमा प्रस्तुत हुनेछ ।
भोलिको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ सङ्गठन, प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी हुँदै छन् । यसरी सहभागी भएका प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल हुनेछ । जसपाले अहिले विधान अधिवेशन गरेर विधानलाई समय सापेक्ष बनाउन गइरहेको छ । पार्टी हालैमात्र कम्युनिस्ट दलहरू सम्मिलित समाजवादी मोर्चामा सहभागी भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ असार २०८०, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै