काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखामा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएकोमा शोक व्यक्त गरेका छन् ।
गए राति गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा शहीद लखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापाको मृत्यु भएको थियो ।
प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् -'गोरखा जिल्लाको शहीद लखन गाउँपालिका-३ मा सवारी दुर्घटना हुँदा पाँच जनाको दुखद् निधनको खबरले मर्माहत भएको छु । दुर्घटनामा परी निधन हुनुभएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु । दुर्घटनामा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असार २०८०, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेट
पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएका छन् : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग निर्वाचनबारे छलफल गर्ने
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई