काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पर्याप्त पूर्वाधार बनाउन नसक्दा विद्युतीय राहदानी वितरणमा समस्या बढेको बताएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले सरकारले नेपाली राहदानी विद्युतीय प्रणालीमा जाने निर्णय गरेपनि पर्याप्त पूर्वाधार निर्माण गर्न नसक्दा अहिले समस्या झेल्नुपरेको बताए ।
नेता पुनले सरकारको नेतृत्व गर्ने मन्त्री वा नेताहरुले सकेसम्म समस्याहरूका विषयमा जनतासँग संवाद गर्न नचाहेको बताए । उनले काम गर्न समस्या भएको विषयमा जनतासँग संवाद गर्न सक्नुपर्ने बताए । उनले सरकारका समस्या, सुविधाहरू र सरकारले जनतालाई दिने सेवाहरूको विषयमा जनतासमक्ष संवाद गर्नेकुरा लोकतन्त्रको सुन्दर पक्ष भएको बताए ।
नेता पुनले राहदानी खरिदमा चलखेल हुनु राम्रो नभएको बताए । उनले जनतामा राजनीतिक व्यक्ति र प्रशासकले सेवाग्राहीलाई सधैँ हेप्छन् भन्ने भाष्य रहेको बताए । यस्तै समिति बैठकमा नेकपा एमालेकी सांसद सुनिता बरालले राहदानी लिने भीड कम भयो भनेर सरकारले ढाकछाप गर्न खोजेको बताइन् । उनले राहदानी लिनको लागि विभागमा लाइन हट्यो भनेपनि अनलाइन फर्म भरेर चार महिना पर्खनुपर्ने बाध्यता सेवाग्राहीलाई रहेको बताइन् ।
सांसद बरालले जनताका आवश्यकतालाई सम्बोधन गर्न राज्य तयार भए, नीतिगत वा अन्य सहयोग गर्न समिति तयार रहेको बताइन् । उनले सरकारले भएका समस्यालाई घुमाउरो बाटोबाट ढाकछोप गरेर सेवा प्रवाहलाई रोक्ने काम गर्न नहुने बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असार २०८०, १६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुराना दलप्रति जनआक्रोशको कारणबारे समीक्षा आवश्यक: वर्षमान पुन
सम्पत्ति शुद्धीकरण गर्न पाइँदैन, नियन्त्रण गर्ने विभाग छ : वर्षमान पुन
सरकारले आफ्नो वाचा विपरित ऋण लिँदैछ, जवाफ दिनुपर्छः नेकपा नेता पुन
नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले संसदलाई सम्बोधन गर्ने
‘नेकपा धुलो टक्टकाएर फेरि उठ्छ’ : वर्षमान पुन
वर्षमान पुन १५ हजार बढी मतान्तरसहित निर्वाचित