काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिमा जुका जसरी जीवनभर टाँसीरहने र आफ्नो ३र४ पुस्तालाई पुग्ने गरी सम्पत्ति जोड्ने प्रचलनको अन्त्य गनुपर्ने बताएकी छन ।
राजनीति गर्नेहरुले पनि कुनै पेशा गरेर मात्रै खान पाउने व्यवस्था लागु गनुपर्ने उनले बताईन् । शनिबार काठमाडौंमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले अमेरिकामा राष्ट्रपति भएकाहरुले विभिन्न पेशा अंगालेर अघि बढेको दृष्टान्त पेश गर्दै हाम्रा राजनीति गर्नेहरुमा पनि जीवन रहेसम्म सम्पत्ति जोडने प्रवृत्तिमा परिवर्तन आउनुपर्ने बताईन् ।
उनले राजनीति गर्नेहरु अध्ययनशील हुनुपर्नेतर्फ पनि सचेत गराए । पूर्वप्रधानन्यायाधीश कार्कीले गरिबले सिटामोल पनि नपाउने तर नेताहरुले उपचार खर्चको नाममा करोडौं राज्यकोष दोहन गर्ने प्रवृत्तिको पनि अन्त्य हुनुपर्ने बताईन् ।
त्यस अवसरमा उपाध्यायले संविधानमा पनि भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई राजनीतिकरण गर्न प्रशस्तै ठाउँ दिएको स्मरण गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनाव गराउन सरकार कटिबद्ध छ : प्रधानमन्त्री कार्की
सुशीला कार्कीबारे सत्य बोल्दा पक्राउ गर्न खोजिँदै छ : स्वागत नेपाल
मतदाता नामावलीमा नाम दर्ता गरेर मताधिकार सुनिश्चित गर्न प्रधानमन्त्रीको आग्रह
संविधान परिवर्तन र शासकीय स्वरुप फेर्ने अधिकार अन्तरिम सरकारलाई छैन : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले भोली देशबासीको नाममा सम्बोधन गर्ने
सुशीला कार्कीले ल्याउने भइन् पहिलो अध्यादेश, आज राष्ट्रपति कार्यालय पठाइने