काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लागेको दाबी गरेका छन् । शनिबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले २ वर्ष अगाडि एमालेले सरकार छाड्नु परेपछि अर्थतन्त्र निरन्तर ओरालो लागेको बताएका हुन्।
गठबन्धनले देश विकासको पक्षमा काम गर्न नसकेको टिप्पणी गरे। उनले भने,‘एमालेले सरकार छाडेपछि अर्थतन्त्र सुधार र देश विकासभन्दा पनि जनताबाट कसरी एमाले र एमालेका नेतृत्वलाई अलग्याउन सकिन्छ भनेर षडयन्त्र र विरोधमा लागेका छन्। एमालेविरुद्धमा लागेर प्रतिफल कहाँ आउँछ ? अर्थतन्त्र निरन्तर ओरालो लागेको छ। गठबन्धनले जनतालाई अल्मल्याएका छन्, भ्रम पारेका छन्।’
ओलीले जनता र कार्यकर्तालाई भ्रमबाट मुक्त पार्ने एमाले लाग्नुपर्ने धारणा राखे। उनले गलत बाटो र नीतिले सहि परिणाम नल्याउने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असार २०८०, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओलीको शल्यक्रिया सकियो
पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरे : केपी ओली