काठमाडौ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय बबरमहलले भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ ।
कार्यालयले एक सूचना प्रकाशन गरी वर्षायाममा पानीका धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी पहिलेकै अवस्थामा ल्याउन गाह्रो पर्ने भएकाले सडक खन्न रोक लगाइएको जनाएको छ ।
सूचनामा भनिएको छ, “सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गतका सडक डिभिजन कार्यालय मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही गरिनेछ ।”
वर्षा लागेपछि सडक समयमै मर्मत गर्न नसकिने र आवागमनमा असुविधा पुग्ने हुँदा तीन महिना सडक खन्न रोक लगाइएको कार्यालयद्वारा प्रकाशित उक्त सूचनामा उल्लेख गरिएको छ ।
सरकारी निकायबीच समन्वय नहुँदा सहरी क्षेत्रमा सडक भत्काउने र बनाउनेक्रम चलिरहेको गुनासो बढ्ने गरेको पाइएको छ ।
त्यसैगरी वर्षात्का समयमा बाटो तथा ढल खन्दा हिलो भई सर्वसाधारण नागरिकलाई हिँडडुल गर्न तथा सवारी आवागमनमा पनि समस्या उत्पन्न हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असार २०८०, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो
कान्तिलोकपथमा ट्रक पल्टिँदा सडक पूर्णरूपमा अवरुद्ध
सडक निर्माणका २५ ठेक्का एकसाथ तोडियो
पाँच वर्षमा ६ पटक म्याद थपिएपछि सडक कालोपत्र गरिँदै
दाउन्नेमा लामो जाम, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
'अत्यावश्यक काम नपरी नारायणगढ-मुग्लिन-मलेखु सडकमा यात्रा नगर्नू'