काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टी र नेताहरु नसच्चिएसम्म देश विकास सम्भव नरहेको बताएका छन । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले अपेक्षा गरेअनुसार देशमा समृद्धि आउन नसकेको बताए । उनले देशको विकास हुन नसक्दा आम जनता निराश रहेको भन्दै जिम्मेवारीका साथ राजनीतिक दलहरुले आफ्नो कार्यभार निभाउनुपर्ने बताए ।
गृहमन्त्री श्रेष्ठले देश बदल्नका लागि सबैभन्दा पहिला राजनीतिक पार्टी र नेताहरुले नै आफूलाई सच्याउन जरुरी रहेको बताए। राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरु रुपान्तरण गरेर सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रियालाई तिब्र पार्नु आवश्यक रहेको बताए ।
गृहमन्त्री श्रेष्ठले देशको विकासलाई फड्कोमा पुर्याउने सरकारले लक्ष्य रहेको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढायौंः नारायणकाजी श्रेष्ठ
कुलिङ पिरियडसम्बन्धी विधेयकमा हेरफेर सुनियोजित अपराध हो : नारायणकाजी श्रेष्ठ
निजामती ऐन र शिक्षा ऐनलाई छिटो अघि बढाउन नारायणकाजी श्रेष्ठ आग्रह
देश बनाउन फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुपर्छ : नारायणकाजी श्रेष्ठ
माओवादी महाधिवेशन सकेर निर्वाचनको तयारीमा होमिन्छ : नारायणकाजी श्रेष्ठ
सैद्धान्तिक रूपमा नेपालका कम्युनिष्टबिच एकता हुनुपर्छ भन्नेमा म प्रष्ट छु : नारायणकाजी श्रेष्ठ