काठमाडौं। हालै पदोन्नति भएकामध्ये ४५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ४ जना र प्रशासनतर्फ प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ४६ जना गरी कुल ५० जनामध्ये ४५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका हुन् । पदोन्नति भएका ५ जना प्रहरी नायव उपरीक्षकहरु हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेका छन् ।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले पदोन्नतिबाट प्राप्त हुने उत्साह र उर्जासँगै आगामी दिनमा थप परिपक्वताका साथ जिम्मेवारी बहन गर्ने विश्वास लिएको बताए । पदोन्नतिलाई अझ रचनात्मक र निष्ठापूर्वक कर्मक्षेत्रमा खटिने अवसरको रूपमा लिई पदोन्नतिको औचित्य पुष्टि हुने गरी काम गर्न उनले निर्देशन दिए ।
प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिलाई क्रमश: परिस्कृत बनाउँदै लैजाने नीति अनुरूप निश्चित मापदण्ड र प्रणालीको आधारमा पदोन्नति भएको उल्लेख गर्दै आगामी दिनमा व्यक्तिगत स्वार्थ र महत्वकांक्षा भन्दा माथि उठेर संगठनको हितका लागि एक्यवद्ध भई कार्यसम्पदान गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ३१ जेठ २०८०, १९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधान सेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
आठ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
एआईजी मगरलाई दर्ज्यानी चिन्ह प्रदान
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान
६ जना प्राविधिक प्रहरी अधिकृतहरूले लगाए बढुवाको फुली