काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले भनेका छन्, ‘यतिबेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको छ ।’
त्यस्तै उनले मधेस सरकारलाई एमालेले विश्वासको मत दिएर अस्थिरता रोकेको दावी गर्दै बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न अन्य दलबाट पनि रचनात्मक भूमिकाको अपेक्षा गरेको बताएका छन् ।
‘जसपा नेतृत्वको मधेस प्रदेश सरकारले प्रतिपक्ष दल नेकपा (एमाले) समेतको विश्वासको मत प्राप्त गरेको छ । राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा (एमाले) ले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरता तर्फ जानवाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ’, पोखरेलको भनाइ छ ।
कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार अलपमतमा परेको छ । कोशीको सरकार जोगाउन एमालेले मधेसमा जसपा नेतृत्वको सरकारलाई विश्वासको मत दिएको चर्चा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ जेठ २०८०, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्य बुझेको एमाले हरेक चुनौतीको सामना गर्छ : शंकर पोखरेल
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल