काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन ।
मुटुमा समस्या देखा परे पछि हिजो मंगलवार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज भएका हुन । अस्पतालले बुधबार जारी गरेको बिज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा उनी अस्पताल पुगेका थिए । उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घन्टासम्म अवलोकनमा राखिएको थियो ।उनी आज डिस्चार्ज भएको अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ जेठ २०८०, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ पुस्ताको चाहनालाई बुझेर राजनीतिक नेतृत्व रूपान्तरण हुनुपर्छ : राष्ट्रपति
चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति
राज्यका सबै संरचनामा अपाङ्गता व्यक्तिको समान सहभागिता हुनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपतिसँग नेपालका लागि साउदीका राजदूतको बिदाइ भेट
फागुन २१ गतेको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य : राष्ट्रपति
राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कदै