काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गर्ने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
उक्त नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा मंगलबार दिउँसो १ बजे सम्बोधन गरी प्रस्तुत गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय पनि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्ले प्रदेश प्रमुखले सम्बोधन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गर्न प्रदेशसभालाई निर्देशनसमेत दिएको छ । कोशीमा नेकपा एमाले नेतृत्वको सरकारबाट माओवादी केन्द्र र जनता समाजवादी पार्टी बाहिरिएको छ ।
त्यसैले हिक्मत कार्की नेतृत्वको सरकार हाल अल्पमतमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० जेठ २०८०, १९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग
सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित