काठमाडौं । पूर्वबाल लडाकु लेलिन विष्टसमेतले दायर गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको मुद्दामा सर्वाेच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
मंगलबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश गर्दै अग्राधिकारसमेत दिएको रिट निवेदक लेलिन विष्टले जानकारी दिए ।
प्रचण्ड र बाबुराम भट्टराईले नेतृत्वको गरेको तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वमा बालबालिका प्रयोग गरेर ‘युद्ध अपराध’ गरेको जिकीर गर्दै विष्टसमेतले प्रचण्ड र बाबुरामलाई ‘युद्ध अपराध’को मुद्दा चलाउनुपर्ने र आफूहरुमाथि लगाइएको ‘अयोग्य लडाकु’को बिल्ला हटाउनुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा आइतबार रिट दर्ता गरेका थिए ।
रिटमा प्रधानमन्त्री प्रचण्ड, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बाबुराम भट्टराई, गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोगलगायत निकायलाई विपक्षी बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० जेठ २०८०, १८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबिचको सङ्घर्ष जारी छ : प्रचण्ड
अन्योलता हट्यो, देश अब निर्वाचन तयारीतिर गयो: प्रचण्ड
‘सोसल मिडियाबाट हो-हल्ला गर्नेहरू नै जनताका मुक्तिदाता हुन् भन्ने भ्रम पार्न खोजियो’: प्रचण्ड
देशलाई संकटबाट निकास दिन एकमात्र विकल्प : प्रचण्ड
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन