काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा केन्द्रीय बैंकले ४९ खर्ब ४९ अर्ब ४७ करोड रुपैयाँ बराबरको तरलता बजारमा प्रवाह गरेको छ । समीक्षा अवधिमा केन्द्रीय बैंकबाट रिपोमार्फत ४ खर्ब १४ अर्ब ४७ करोड रुपैयाँ, सोझै खरिद बोलकबोल मार्फत ८९ अर्ब ७० करोड रुपैयाँ, स्थायी तरलता सुविधामार्फत २७ खर्ब २६ अर्ब ९६ करोड रुपैयाँ र ओभरनाइट तरलता सुविधामार्फत १७ खर्ब १८ अर्ब ८ करोड रुपैयाँ गरी कुल ४९ खर्ब ४९ अर्ब २२ करोड (कारोबारमा आधारित) रुपैयाँ तरलता प्रवाह गरिएको बैंकले जनाएको हो ।
यद्यपि, सोही अवधिमा रिभर्स रिपोमार्फत ५ अर्ब रुपैयाँ बजारबाट तरलता प्रशोचन गरिएको समेत बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरूमार्फत खुद ७३ खर्ब ४२ अर्ब ६५ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ४ अर्ब ७४ करोड खुद खरिद गरी ६ खर्ब १९ अर्ब ७६ करोड रुपैयाँ तरलता प्रवाह गरिएको समेत बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब १२ करोड खुद खरिद गरी २ खर्ब ५६ अर्ब ७३ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ८६ करोड बिक्री गरी ५ खर्ब ४ अर्ब ११ करोड रुपैयाँ बराबरको भारतीय मुद्राको खरिद गरिएको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ९६ करोड बिक्री गरी रु.४७५ अर्ब ६८ करोड रुपैयाँ बराबरको भारतीय मुद्रा खरिद गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ जेठ २०८०, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको २ अर्ब ६० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
राष्ट्र बैंकले बजारबाट ४० अर्ब निक्षेप तान्दै
सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न राष्ट्र बैंकको आग्रह
राष्ट्र बैंकले सुनका असर्फी यसपालि सर्वसाधारणलाई बिक्री नगर्ने
राष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने
राष्ट्र बैंकले सुन आयातको कोटा बढायो