काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद प्रभु साहले क्यापिटल फ्लाई अर्थात् पुँजी पलायनको गम्भीर मुद्दा उठान गरेका छन् । आइतबार प्रतिनिधिसभामा जारी विनियोजन बजेटमाथिको छलफलमा बोल्दै सांसद साहले प्रश्न गरे, ‘घर भाडा समेत विदेसिएपछि देश कसरी संवृद्ध बन्छ ?’
उद्योग,व्यवसायीदेखि सरकारी कर्मचारी, आम सर्वसाधारण उच्च वर्गदेखि राजनीतिज्ञहरूले समेत आफ्नो लगानी विदेशमा लगिरहेको बताउँदै सांसद शाहले चिन्ता व्यक्त गरे । ‘उच्च शिक्षा हासिल गरेका जति पनि युवा शक्ति छन्, उनीहरू विदेश, सम्पन्न र पहुँच भएका मान्छेहरू सबै विदेश, पुँजीपतिहरू सबै विदेश, राजनीतिक पहुँचवालाहरू विदेश, उनीहरुले घर खेत बेचेर विदेश पैसा लगिरहेका छन्’ शाहले भने, ‘यतिसम्म कि घर भाडा समेत विदेश गइरहेको छ ।
यसरी कसरी देश संवृद्ध हुनसक्छ र ?’ उनले प्रतिप्रश्न गरे । सांसदहरूमाथि नै इंकित गर्दै साहले भने, ‘यहीँ अगाडि रोहमा रहने माननीय सांसदहरू अवसरको खोजीमा यहाँ रहनुभएको छ, तर उहाँहरूको छोरा–छोरी विदेशमा छन् । पुँजी जति सबै विदेशमा थुपारिदिए पछि अनि नेपालमा पैसाको अभाव हुँदैन ?’ साहले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ जेठ २०८०, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- ‘सरकारको आयु सकिने बेला आयोगको म्याद किन लम्बिएयो ?’
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह
मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिलाई प्रभु साहले दिए अनैतिकताको संज्ञा
सुशीला र ओमप्रकाश अर्यालहरू केपी ओली र आरजुकै नयाँ भेरिएन्ट हुन्, यिनीहरूबाट निकास असम्भव : प्रभु साह
ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह