दाङ। दाङबाट बाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका-७ का ३१ वर्षीय वीरबहादुर पुन, सोही ठाउँका ४० बर्षीय आशाराम बिक, २५ बर्षीय देवबहादुर बिक र रोल्पा माडी गाउँपालिका-३ का २८ बर्षीय अमलाल घर्ती मगर रहेको प्रहरीले जनाएको छ ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-९ को अमिलियामा बा २० प ९०७२ नम्बरको मोटरसाइकल खानतलासी गर्ने क्रममा शुक्रबार बिहान ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।
पक्राउ परेकाहरुबाट ९ फिट ६ इन्च लामो र ५ फिट १० इन्च चौडाइ भएको बाघको छाला र १४१ वटा हड्डी (८ किलो ४३० ग्राम ) बरामद गरिएको डीएसपी गौतमले बताए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ जेठ २०८०, २१ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ