काठमाडौं । स्थगित गरिएको प्रतिनिधिसभा बैठक सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत अनुपस्थित भएपछि १५ मिनेटका लागि सथगित गरिएको प्रतिनिधिसभा बैठक सुरु भएको हो । संघीय संसदको दुवै सदनमा अर्थमन्त्री डा प्रशारण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आय र व्ययको अनुमानित विवरणमाथि छलफल चलिरहेको छ ।
राष्ट्रिय सभामा छलफलमा क्रममा सदस्यहरुले उठाएका प्रश्नको अर्थमन्त्री महतले शुक्रबार जवाफ दिने कार्यक्रमअनुसार उनी प्रतिनिधिसभामा अनुपस्थित भए । जसलाई रास्वपा सांसद सुमना श्रेष्ठले नियमापत्ति जनाएपछि प्रतिनिधिसभा बैठक शुक्रबार नै बस्नेगरी १५ मिनेटका लागि स्थगित गरिएको थियो ।
स्थगित प्रतिनिधिसभा बैठक सुरु भएको छ र उक्त विवरणमाथिको छलफलमा रास्वपा सांसद स्वर्णिम वाग्ले सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ जेठ २०८०, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक
प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपाको अवरोध
डोलप्रसाद र रामहरिबीच संसदमा चर्काचर्की
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध
शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सर्यो
भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्न माओवादीको माग