काठमाडाैं। ग्लोबल आइएमई बैंक लिमिडेट ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३’ बाट सम्मानित भएको छ ।फिनाकल १० कोर बैंकिङको कार्यान्वयन पश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरूमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रुपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा बैंकलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधा अन्तर्गत सर्वोत्कृष्ट घोषित गरिएको हो ।
इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ टेक्नोलोजी क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो ।नवीनतम ग्राहक केन्द्रित आविष्कारहरूको सर्जक बैंकहरूलाई प्राविधिक रुपान्तरण, यसको सही प्रयोग तथा टेक्नोलोजीमा सृजनशीलताजस्ता बुँदाहरूलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिएको छ ।
ग्लोबल आइएमई बैंक डिजिटल टान्सफरमेसन, टेक्नोलोजीमा नवीनता एवं उत्कृष्टता र यसको सही सदुपयोग गर्दै उत्तरदायी तथा सुरक्षित बैंकिङमार्फत सेवा प्रवाह गर्ने उत्कृष्ट बैंक भएकाले यो अवार्ड प्रदान गरिएको हो ।ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले ३ सय ५७ शाखा कार्यालय, ३ सय ५७ एटीएम, ३ सय २२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ जेठ २०८०, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकको ‘एआई एमएल ह्याकाथन’ सुरु, १४ टोली प्रतिस्पर्धामा
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा
ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकमापूर्व सचिव बिन्द्रा हाडा भट्टराई नियुक्त
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापन सम्झौता
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा