काठमाडौ । भारतले नयाँ संसद् भवनमा नेपालका लुम्बिनी र कपिलवस्तु पनि समेटेर ‘अखण्ड भारत’ नामको नक्सा राखेपछि नेपालमा ‘ग्रेटर नेपाल’को चर्चा भइरहेको छ।
सन् १८१६ मा इस्ट इन्डिया कम्पनीसँग सुगौली सन्धि हुनुअघि नेपाल पूर्व टिस्टादेखि पश्चिम काँगडासम्म फैलिएको थियो। त्यही विशाल नेपालको नक्सालाई नै ‘ग्रेटर नेपाल’ भनिएको हो।
भारतले नेपाली भूभागसमेत समेटेर बनाएको ‘अखण्ड–भारत’ नक्साको प्रतिवादस्वरूप काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेपछि यसको चर्चा झन् चुलिएको छ। यतिबेला सामाजिक सञ्जाल यही नक्साले रंगिएका छन्।
यसैबीच धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राख्ने घोषणा गरेका छन्।
काठमाडौं महानगरका मेयर बालेनले आफ्नो कार्यकक्षमा त्यस्तो नक्सा राखेको समाचार सार्वजनिक भएपछि साम्पाङ पनि हौसिएका हुन्।
‘बालेनज्यूले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुभएछ’, मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अब धरानमा पनि ग्रेटर नेपालको नक्सा राखिनेछ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ जेठ २०८०, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङले सुनसरी–१ बाट गराए मनोनयन दर्ता
धरानका मेयर हर्क साम्पाङले दिए पदबाट राजीनामा
सुनसरी-१ बाटै चुनाव लड्ने हर्क साम्पाङको घोषणा
बालेन जहाँबाट उठे पनि चुनाव हराउने हर्क साम्पाङको चेतावनी
श्रम संस्कृति पार्टी कसैसँग नमिल्ने हर्क साम्पाङको स्पष्टीकरण
बालेनलाई प्रधानमन्त्री बनाउने सहमतिलाई हर्क साम्पाङले यसरी हाँसोमा उडाए