कालीकोटको रास्कोटमा बोलेरो जिप दुर्घटना : २ जनाको मृत्यु, १ जना गम्भीर घाइते

सफल खबर संवाददाता

विहीबार, २५ जेठ २०८०, ११ : ०८
कालीकोटको रास्कोटमा बोलेरो जिप दुर्घटना : २ जनाको मृत्यु, १ जना गम्भीर घाइते

कालीकोट । जिल्लाको रास्कोट नगरपालिका–२ स्थित शेरा बजारमा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

आज (बिहीबार) बिहान ग ३ ज ४६१० नम्बरका बोलेरो जिप करिब तीन सय मिटर तल खसेर क्षतिग्रस्त भएपछि गाडीमा सवार रास्कोट नगरपालिका–१ लहरेला निवासी ४३ वर्षीय मनबहादुर शाही र उनकी पत्नी ३६ वर्षीया मन कुमारीको घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी इन्सपेक्टर सुवराज बमले जानकारी दिए ।

दुर्घटनामा सोही ठाउँका ३० वर्षीया रिता शाही गम्भीर घाइते भएका छन । घाइतेको उपचार रास्कोट सामुदायिक अस्पतालमा भइरहेको छ । उनको अवस्था गम्भिर रहेकोले हेलिकोप्टरमार्फत उपचारका लागि सुर्खेत लिने पहल भइरहेको छ ।

चालकको लापरबाहीका कारण जिप दुर्घटना भएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस