काठमाडौ । सर्लाहीमा प्रहरीले स्रोत नखुलेको १८ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका ११ बाट एउटा कारसहित बुधबार उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ पर्नेमा कार चालक मकवानपुरको हैटौँडा उपमहानगरपालिका ३ बासामाडी घर भएका ४० वर्षीय हेमराज विश्वकर्मा, सुनसरीको बराहक्षेत्र नगरपालिका ४ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ३१ वर्षीय मौसम मग्राती, सर्लाहीको बागमती नगरपालिका १ का ३१ वर्षीय दीपक तामाङ र खोटाङको रावाबेँसी गाउँपालिका ४ का ४४ वर्षीय विमल तामाङ छन्।
पश्चिमबाट पूर्वतर्फ आउँदै गर्दा बागमती प्रदेश ०१ ०२६ च ०२९९ नम्बरको कारको डिकीमा राखिएको झोलाबाट स्रोत नखुलेको १८ लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय (हरिवन) को हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ जेठ २०८०, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साढे १८ लाख नगदसहित एक जना पक्राउ
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ
डकैती मुद्दाका अभियुक्त २१ वर्षपछि पक्राउ
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ